Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्प-किम : वार्ता सफल तर भएन कुनै सम्झौता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ-उनबिच भियतनामको राजधानी हानोइमा भएको ऐतिहासिक वार्तामा कुनै पनि ठोस सम्झौता नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हानोइमा बुधबार र बिहीबार भएको ट्रम्प-किम दोस्रो वार्तामा सम्झौता नभएको समाचार संस्था रोयटर्स र एएफपीले जनाएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रवक्ताले दुई नेताबिचको वार्ता फलदायी भएको र उत्पादन मुलक बन्ने देखिएको बताएकी छन् ।

अहिले नै कुनै सम्झौता नभए पनि भविष्यका लागि आधार तय गरेको उनको भनाई छ । गएको वर्ष जुनमा सिंगापुरमा पहिलो पटक वार्ता गरेका ट्रम्प र किमले यो वर्ष वार्ताका लागि भियतनामको राजधानी हानोइ रोजेका हुन् । ट्रम्प र किमबिच बुधबार तथा बिहीबार वार्ता भएको हो ।

प्रकाशित मिति: Feb 28, 2019

प्रतिक्रिया दिनुहोस्