Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मात्र आधा घण्टाभित्र भारतीय वायु सेनाले पाकिस्तानमा पुगेर खसाले १००० किलोको बम

भारतीय वायु सेनाले मात्र आधा घण्टाभित्र पाकिस्तानमा पर्ने पिओके क्षेत्रमा पुगेर आतकंवादीहरको ट्रेनिङ्ग सेन्टरमा १००० किलोको बम खसालेको खुलेको छ । भारतीय वायु सेनाले पाकिस्तानसँगको सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर आक्रमण गरेको भारतीय वायु सेना स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

वायु सेनाको विमानले नियन्त्रण रेखा पार गरेर पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रमा आक्रमण गरेको उनीहरुको दाबी छ ।सेनाका अधिकारीले लडाकु विमानले विभिन्न निशानामा बम खसालेको बिबिसीका पक्रकार जुगल पुरोहितलाई उद्धृत गर्दै बिबिसी हिन्दीमा खबर छ ।

देशको सुरक्षाका लागि सेनाले कडा प्रयास गरेको केन्द्रीय मन्त्री प्रकाश जावडेकरले बताएका छन् । उनले भनेका छन्, ‘सेनलाई यस्तो अभियानका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले छुट दिनुभएको थियो । अब पूरै देश सेनाको साथमा हुनेछ ।’ उनले भनेका छन्, ‘पुलवामा जिल्लामा भएको आक्रमणका दोषीलाई १०० घण्टा भित्र मारियो ।

पाकिस्तानलाई दिएको मोस्ट फेवर्ड नेशनको दर्जा फिर्ता लिइयो, भारतको क्षेत्रको पानी पाकिस्तानलाई नदिने निर्णय गरियो, त्यसपछि अब सैन्य कारवाही सुरु भयो ।’ भारतीय वायु सेनको विमानले नियन्त्रण रेखा नजिक बालाकोटमा बम खसालेको हो । यो पूरै अभियान आधाण्टाभित्र पूरा गरिएको वायु सेनाका अधिकारीले दाबी गरेका छन् ।

विमान मंगलबार बिहान तीन बजे उडेको र साढे तीन बजे सबै विमान सुरक्षित फिर्ता भएको दाबी गरिएको छ । यसअघि पाकिस्तानी सेनाले भारतीय लडाकु विमान नियन्त्रण रेखा पार गरेर आफ्नो क्षेत्रमा प्रवेश गरेर पेलोड खसालेको बताएको थियो । आफ्नो वायु सेनाको प्रतिकारको तयारी देखेर भारतीय लडाकु विमान भागेको पाकिस्तानी आरोप छ ।

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले वायुसेनालाई बधाई दिँदै ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘भारतीय वायु सेनाका पाइलटलाई सलाम गर्छु ।’ यसअघि पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेका छन्, ‘भारतीय सेनाको विमान मुजफराबाद क्षेत्रबाट प्रवेश गर्‍यो ।’

पाकिस्तान प्रशासित कश्मीरमा प्रवेश गरेको भारतीय सेनाको विमानको प्रतिकारमा पाकिस्तानी हवाई सेना तम्तयार रहेको देखेपछि पेलोड खसालेर भारतीय विमान फर्किएको मेजर जनरल गफूरले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्