Logo
२४ बैशाख २०८१, सोमबार
(February 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलोपटक महिलालाई राजदूत बनाउने निर्णय : राजकुमारी बन्ने भइन् अमेरिकाका लागि राजदूत

साउदी अरेबियाले राजकुमारी रिमा बिन्ट बान्डर अल-साउदलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्ने भएको छ । साउदी अरेबियाले पहिलोपटक महिलालाई राजदूत बनाउन लागेको हो ।

राजकुमारी रिमा अमेरिकाका लागि साउदी अरेबियाको आउँदो राजदूत बन्ने भएकी हुन् । उनको नियुक्तिबारे राजपरिवारमा शनिबार जानकारी गराइएको हो । रिमाले आफ्नो बाल्यकाल अमेरिकाको वासिङ्गटन डिसीमा बिताएकी थिइन् ।

रिमाले अमेरिका र साउदी अरेबियाको सम्बन्धमा अप्ठ्यारो समय रहेका बेला जिम्मेवारी सम्हाल्न लागेकी हुन् । पत्रकार जमाल खाशोग्गीको हत्याका कारण अन्तर्राष्ट्रिय स्तरमा साउदी अरेबियाको आलोचना भइरहेका बेला रिमा जिम्मेवारी आउँदै छिन् ।

प्रकाशित मिति: Feb 24, 2019

प्रतिक्रिया दिनुहोस्