Logo
१८ बैशाख २०८१, मंगलबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाठकविरुद्ध महाअभियोग तयारी : कतै, अन्यलाई चोख्याउन मात्र मधेशी विरुद्धको षडयन्त्र त हैन ?

काठमाण्डौ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउने निस्कर्षसहित हस्ताक्षर संकलन थालेको छ । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले महाअभियोगबारे आजैबाट प्रक्रिया सुरु गर्ने बताए ।

पाठकले घुस लिएको स्वीकारेको भिडियो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले समेत पाएपछि उनीविरुद्ध महाअभियोग लगाउने निश्कर्षसहित तयारी थालिएको नेकपाका नेताहरुले बताएका छन् । ‘प्रमाणहरु भेटिएका छन् । यसलाई हलका ढंगले लिनुहुँदैन । ठोस आधार भेटिएपछि चुप लागेर बस्ने कुरा आउँदैन । त्यसैले आजैबाट महाअभियोगका लागि हस्ताक्षर सुरु हुन्छ,’ नेता नेम्वाङले भने, ‘सरकार र संविधानले समेत भ्रष्टाचारीविरुद्ध कडा रुपमा प्रस्तुत हुने भनेकाले यो प्रक्रिया अघि बढाउन समस्या छैन ।’

राजपा-फोरमको सिफारिस र कांग्रेसको सर्मथनमा मधेशी कोटाबाट पाठक आयुक्त बनेका थिए । आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएको भिडियोका आधारमा उनलाई महाअभियोग लगाउने तयारी गरिएको हो ।संविधानको धारा १०१ अनुसार कसैलाई महाअभियोग लगाउनुपरे संसदमा एक चौथाई सदस्यहरुले हस्ताक्षरसहित महाअभियोगको प्रस्ताव दर्ता गर्नुपर्नेछ ।

नेकपाकै अर्का नेता देव गुरुङले सत्यतथ्यमा आधारित भएर आयुक्त पाठकविरुद्ध महाअभियोग दर्ता गर्न लागेको बताए । उनले सत्यतथ्यहरु बाहिर आइसकेकाले राजिनामा नदिएर जर्वजस्त गरे उनीविरुद्ध महाअभियोग लगाउनुबाहेक अरु कुनै विकल्प नभएको बताए । यसअघि कलेजबारे अख्तियारमा समेत उजुरी परेको थियो । तर, आयोगमा परेको उजुरी तामेलीमा राखिदिने भन्दै पाठकले अख्तियार प्रमुख नविन घिमिरेलाई दवाव दिदै आएका थिए ।

समाचार श्रोतका अनुसार आयुक्त पाठकले उक्त विवाद मिलाइदिने नाममा ७८ लाख रुपैयाँ घुस लिएका थिए । आयुक्त पाठकबारे विवाद आएपछि प्रमुख आयुक्त घिमिरेले पटक-पटक राजीनामा दिन आग्रह गरे पनि नटेरेको अख्तियार स्रोतले बताएको छ । अख्तियार प्रवक्ता रामेश्वर दंगालले शुक्रबार बिहान साढे १० बजेसम्म पनि पाठकले राजीनामा नदिएको जानकारी दिएका छन् ।

मधेशी विरुद्धको षडयन्त्र

यता, पाठकविरुद्धको नेकपाको हस्ताक्षर अभियानलाई मधेशी विरुद्धको षडयन्त्रको रुपमा लिइएको छ । यद्यपी, पाठकले भने यसबारे केहि प्रतिकृया दिएका छैनन् । कुनैपनि निर्णय पुरै आयोग अर्थाथ सचिव सहित सबै जना आयुक्तहरुबाटे हुने भएकाले मात्र पाठकले कसरी घुष खाए ? भन्ने प्रशन पनि उत्तिकै बलियो रुपमा उठेको छ ।

पाठकले घुष खाएको भए त्यससमा प्रमुख आयुक्तदेखि अन्यहरुपनि उत्तिकै जिम्मेवार हुनुपर्ने देखिन्छ । त्यसो त सबैभन्दा बढी घुष नै खाने अडाको रुपमा अख्तियारलाई मानिन्छ, मधेश केन्द्रित एक नेताले भने ‘त्यहाँ सबै आयुक्तहरुको मिलेमतोमै कुनैपनि गतिबिधि हुने गरेका हुन्छन् । एउटा मात्र आयुक्तले चाहेर पनि कुनै निर्णय गर्न नसक्ने प्रवाधान रहेको छ । तर यहाँ मात्र पाठकमाथी प्रशन उठाइएको छ । यो पाठक विरुद्धको षडयन्त्र हो बरु उलाई साइड गर्न यस्तो प्रपञ्च गरिएको हुनुपर्छ ।’

संसदीय दलको बैठकपछि राजपाको धारणा

यद्यपी, राजपा सचेतक लक्ष्मणलाल कर्णले संसदीय दलको बैठकपछि मात्र कुनै औपचारिक धारणा अघि सारने बताए । हामिले पनि समाचारमै पढेका हौं, यर्थात के हो थाह छैन अहिले नै यसबारे केहि बोल्नु आवशयक देखिदैन उनले भने बैठक पछि औपचारिक रुपमै हामि हाम्रो धारणा सार्वजनिक गर्नेछौं ।

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्