Logo
१७ बैशाख २०८१, सोमबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकल चोरी गर्ने ५ जना पक्राउ

साँखु :  महानगरीय प्रहरी वृत्त बौद्धले मोटरसाइकल चोरी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । माघ २४ गते काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ गरी राखेको प्रदेश नं ३, ०२-००३ प ६२०२ नंको पल्सर, गोकर्णेश्वर नगरपालिका बेँसीगाउँबाट प्रदेश नं ३, ०२-००२ प ८९८७ नंको २०० सिसीको मोटरसाइकल हराएको थियो ।

त्यस्तै सोही मितिमा गोकर्णेश्वर नगरपालिका माकलबारीबाट बा७०प ७२५४ नंको एनएसपल्सर र बा२९प ५१२१ नंको मोटरसाइकल चोरी भएको थियो । प्रहरीले गोप्य सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका-९ भगवतीचोक नजिक रहेको छोरोल्पा गलैँचा कारखानाको परिसरभित्र लुकाएर राखेको उक्त चारैवटा मोटरसाइकलसहित तीनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

चोरीमा संलग्न सर्लाही हरिवन नगरपालिका-१ घर भई जोरपाटी अत्तरखेल बस्ने २८ वर्षीय भोजबहादुर योञ्जन, सोही ठेगाना भएका १८ वर्षीय रामबहादुर योञ्जन र हरिवन नगरपालिका-६ स्थायी घर भई काठमाडौँ बस्ने मदन लामालाई प्रहरीले पक्राउ गरी आइतबार चोरी शीर्षकमा मुद्दा दर्ता गरेको छ ।

त्यस्तै माघ १३ गते गोकर्णेश्वर नगरपालिका-६ बेँसीगाउँबाट हराएको बा५३प ४०७४ नंको पल्सर मोटरसाइकलसहित चुच्चेपाटीबाट प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । मोटरसाइकल चोरी गरेर फरार रहेका दोलखा घर भई गोकर्णेश्वर-८ बस्ने १९ वर्षीय निमासाङ्गे शेर्पा र ललितपुर महाँकाल गाउँपालिका घर भई गोकर्णेश्वर बस्ने १६ वर्षीय सुजन तामाङविरुद्ध मुद्दा दर्ता गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

पार्किङ गरिराखेको मोटरसाइकल चोरी गरेको भन्दै रामेश्वर महतो, मिङ्मार शेर्पालगायत अन्य सवारीधनीले निज अभियुक्तविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्