Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेरिसमा आगलागी : एक शिशुसहित १० जनाको मृत्यु ३० घाइते

पेरिस : फ्रान्सको राजधानी पेरिसमा भएको आगलागीमा एक शिशुसहित १० जनाको मृत्यु भएको छ । अग्नी नियन्त्रक निकायका अनुसार दक्षिण पश्चिमी पेरिसको एक आठतले भवनमा आगलागीमा परेर ३० जना घाइते भएका छन् ।

घाइतेमा ६ जना अग्नी नियन्त्रक रहेका छन् । ५० भन्दा बढी व्यक्तिलाई भर्‍याङ लगाएर उद्दार गरिएको थियो । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले घटना दुःखद् भएको बताएका छन्। उनले अग्नी नियन्त्रकहरूको प्रशंसा पनि गरेका छन् । आगो नियन्त्रणमा लिनका लागि २५० जना अग्नी नियन्त्रक खटाइएका थिए ।

उक्त घटनाको दोषी एक महिला रहेको र प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले लेखेको छ। पेरिस प्रहरीले छानबिन शुरु गरिएको पनि जानकारी दिएको छ।

प्रकाशित मिति: Feb 5, 2019

प्रतिक्रिया दिनुहोस्