Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमालियामा कार बम विस्फोट, नौ जना मारिए

मोगादिसु : सोमालियाको राजधानी सहरको एक व्यस्त बजारमा सोमबार विस्फोटक पदार्थले भरिएको कार विस्फोट हुँदा कम्तीमा नौ जना मारिनुका साथै अरु धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकृत अहमद मोलिन अलिले राजधानी मोगादिसुको एक व्यस्त व्यापारिक केन्द्र नजिकै विस्फोट भएको र त्यसबाट मानिसको मृत्यु हुनुका साथै धेरै मानिस घाइते भएको जानकारी दिनुभयो । उहाँले नौ जनाको मृत्यु भएको पुष्टी भइसकेको र अरु धेरै घाइतेको अस्पतालहरुमा उपचार भइरहेको पनि बताउनुभयो ।

व्यापारिक केन्द्र (मल) को पार्किङ इलाकामा कार राखिएको र त्यही कार विस्फोट भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

व्यापारी मुनिरा अब्दुकादिरले भन्नुभयो, “मैले हमरवाइनी बजारको छाना खसेर पुरिएका चार जनाको शब मैले देखेको थिएँ । अरु तीन जना पार्किङ क्षेत्रमा ढलेका थिए ।”

मोगादिसुमा इस्लामिक समूह अल–सबाबसँग आबद्ध अल–कायदाले नियमित झैं आक्रमण गर्ने गरेका छन् ।
यो समूहलाई सन् २०११ मा राजधानी मोगादिसुबाट बाहिर लखेटिएको भए पनि उनीहरुले लुकीछिपी राजधानीमा आक्रमण गरिरहेको पाइएको छ ।

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्