Logo
२३ बैशाख २०८१, आईतबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सचिवालयको बैठक आज बस्दै, समसामयिक विषयमा छलफल गर्ने

काठमाडौं : सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । पार्टी एकताका बाँकी कामका विषय र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको नेकपाले जनाएको छ ।

लामो समयपछि बस्न लागेको सचिवालय बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको जनाइएको छ । नेकपाले पार्टी एकताका बाँकी विषय टुङ्ग्याउन कार्यदल गठन गरेको थियो । एकताको सम्पूर्ण सांगठिक काम पूरा गर्ने जिम्मेवारी दिएर गठन गरिएको कार्यदलले काम गर्न नसकेपछि सचिवालय बैठक बोलाइएको हो ।

सचिवालय बैठकले कार्यदललाई सक्रिय बनाउने नेताहरुको भनाइ छ । कार्यदलले काम पूरा गर्न नसकेपछि अपुरै प्रतिवेदन भए पनि माग्ने सचिवालयको तयारी रहेको बताइएको छ ।

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्