Logo
२० बैशाख २०८१, बिहीबार
(February 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो नर्स एथलेटिक्समा खुशी हीराचन, मुना श्रेष्ठ र पूजा यादव विजयी

काठमाडौँ, १९ माघ : दोस्रो नर्स एथलेटिक्समा नेपाल प्रहरी अस्पतालकी खुशी हीराचन, न्यूरोड अस्पतालकी मुना श्रेष्ठ र सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव आ–आफ्नो विधामा प्रथम भएका छन् ।

डा खगेन्द्र स्पोर्टस् फाउण्डेशनले आज हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आयोजना गरेको तीन किमी सडक दौड तथा १०० मिटर र २०० मिटर दौडमा क्रमश : हीराचन, श्रेष्ठ र यादव प्रथम भएको फाउण्डेशनका महासचिव रजत श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत ४०० मिटर रिले दौडको उपाधि भने नेपाल प्रहरी अस्पताल समूहले जितेको छ । प्रतियोगितामा उपत्यकाभित्रका २७ वटा अस्पतालका २०५ जना नर्सको सहभागिता रहेको थियो ।

‘अनुशासनका लागि खेल, स्वास्थ्यका लागि खेल र सबैका लागि खेल’ भन्ने नारा दिइएको उक्त प्रतियोगिताको मुख्य उद्देश्य नर्सको मनोबल उच्च बनाइ बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्ने रहेको थियो ।

प्रकाशित मिति: Feb 2, 2019

प्रतिक्रिया दिनुहोस्