Logo
१९ बैशाख २०८१, बुधबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

UAE विरुद्धको पहिलो टी-२० खेलमा नेपाल २१ रनले पराजित

काठमाडौं : UAE विरुद्धको टी-२० श्रृंखलाको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएकाे छ । नेपालकाे तर्फबाट डेब्यु गरेका सन्दिप जाेराले अर्थशतकिय पारी खेले पनि अन्य खेलाडि चल्न नसक्दा नेपाल पराजित भएकाे हाे ।

१५४ रनकाे लक्ष्य लिएर मैदानमा उत्रेकाे नेपालका लागि सन्दिप जाेराले ५३, साेमपाल कामीले २७ र  पारस खड्काले २५ बनाउनु बाहेक अन्य खेलाडीले दाेहाेराे अ‌ंक बनाउन सकेनन् ।

युएईका लागि साइमान अनवारले आक्रमक ब्याटिङ गर्दै ३८ बलमा ५९ रन बनाएका थिए भने उस्मान, रिजवान र वाेटाले क्रमश ३०,२२ र २० रन बनाउँदै १५३ रनकाे याेगफल बनाएका थिए ।

बलिङ्गमा नेपालका सन्दिप लामिछाने र बसन्त रेग्मीले २-२ तथा अभिनास बाेहाेरा र साेमपाल कामीले १-१ विकेट लिए ।

अब नेपालले भाेली दाेस्राे टी-२० खेल खेल्नेछ ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्