Logo
१९ बैशाख २०८१, बुधबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूजिल्याण्ड विरुद्धकाे चाैथा एक दिवसीय क्रिकेटमा भारतकाे लज्जास्पद हार

काठमाडाै, माघ १७ :  ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शनमा न्यूजिल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेकाे छ ।

उनले आज भारतीय पालिलाई पुरै ध्वस्त पार्दै  १० ओभर बलिङ गर्दा बोल्टले ४ ओभर मेडन राख्दै २१ रन खर्चेर ५ विकेट लिए । उनले भारतका रोहित शर्मा, शिखर धवन, शुभमन गिल, केदार जादब र हार्दिक पाण्ड्या लाई आउट गर्दै भारतिय पारिलाई धरासाही बनाएका थिए भने कोलिन डी ग्राण्डहोमले उनकाे साथ दिदै ३ विकेट लिए ।

भारतकालागि नवौ विकेटका लागि कुलदीप यादब र युजबेन्द्र चहलकाबीचमा सर्वाधिक २५ रनको साझेदारी हुँदा शिखर धवन र रोहित शर्माकाबीचमा २१ रनको ओपनिङ साझोदारी भएको थियो । त्यसपछि कुनै पनि खेलाडीका बीचमा लामो साझेदारी नहुँदा भारत ९२ रनमा समेटिएको थियो । युजबेन्द्र चहलले १८ रनमा नट आउट रहँदा हार्दिक पाण्ड्याले १६, कुलदीप यादवले १५ तथा शिखर धवनले १३ रन बनाएका थिए ।

पाँच खेल मध्ये तीन खेलमा पराजित हुँदै यसअघिनै सिरिज गुमाएको न्यूजिल्याण्डले चौथो खेलमा भारतमाथि ८ विकेटको शानदार जित हाँसिल गरेकाे छ । हेमिल्टनमा भारतले दिएको ९३ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

घरेलु टोलीलाई जिताउन हेनरी निकोलस र रस टेलेरले ५४ रनको साझेदारी गरेका थिए । टेलर ३७ तथा निकोलस ३० रनमा नट आउट रहे ।

भारतका नियमित कप्तान विराट काेइली, पूर्व कप्तान एम एस धाेनी र सामीलाई आराम दिइएकाे खेलमा राेहित शर्माले कप्तानी गरेका थिए । अब अन्तिम एक दिवसीय प्रतियोगिता शनिबार हुने छ ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्