Logo
१९ बैशाख २०८१, बुधबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा

काठमाडौं, १७ माघ : बार्सिलोना सेभियालाई पराजित गर्दै स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ६–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाले सेभियालाई पहिलो लेग र दोस्रो लेग गरी समग्रमा ६–३ ले हराउन सफल भयो । पहिलो लेगमा भने बार्सिलोना २–० ले पराजित भएको थियो ।

बार्सिलोनाको जितमा फिलिपे कौटिन्होले दुई गोल गरे । त्यस्तै, कप्तान लियोनल मेस्सी, लुइस स्वारेज, इभान रकिटिक र सर्गी रोबेर्टोले गोल गरे ।

पहिलो हाफमा २–० गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो । यता, दोस्रो हाफमा सेभियाका लागि एरना लोपेसले गोल फर्काएका थिए ।

खेलको १३औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा रकिटिकले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रतामा पुर्‍याए । त्यस्तै, ५३औं मिनेटमा कौटिन्होले पेनाल्टीबाट गोल गर्दै ३–० गोलमा पुर्‍याए । त्यसको एक मिनेटपछि रोबेर्टोले गोल गर्दै बार्सिलोनालाई ४–० गोलको अग्रता दिलाएका थिए । तर खेलको ६७औं मिनेटमा सेभियाका लागि लोपेसले गोल गर्दै ४–१ को स्थितिमा ल्याएका थिए ।

खेलको ८९औं मिनेटमा स्वारेज र अतिरिक्त समयमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले सेभियालाई ६–१ गोलअन्तरले पराजित गरेको हो ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्