Logo
१९ बैशाख २०८१, बुधबार
(January 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र युएई बिचकाे टी-२० सिरिज भाेलीबाट शुरु हुने

काठमाडौं  माघ १६ : यूएईविरुद्ध एकदिवसीय सिरिज २–१ ले जितेसँगै नेपालले भाेलीबाट टी–२० सिरिज खेल्नेछ । युएईसँग नेपालले ३ टी-२० काे खेल खेल्ने छ । पहिलाे खेल भाेली, दाेस्राे  फेब्रुअरी १ मा र तेस्रो फेब्रुअरी ३ मा हुनेछ ।

यो सिरिज नेपालका लागि सहज छैन । किनकी यूएईका ब्याट्सम्यानहरु ठूलो सर्ट खेल्न माहिर छन् । उनीहरुको विष्फोटक ब्याटिङ क्षमताको एक झलक तेस्रो एकदिवसीयमा देखिएको थियो ।

त्यसैले टी–२० सिरिजमा पनि यूएईलाई खुलेर खेल्न नदिनु नेपालका लागि महत्वपूर्ण हुनेछ । तर, निलम्बनमा परेका रोहन मुस्तफा लगायतका महत्वपूर्ण चार खेलाडी एकदिवसीय सिरिजमा जस्तै टी–२० मा पनि उपलब्ध हुने छैनन्, यो एड्भान्टेज कायमै रहनेछ ।

नेपाली टिमको कुरा गर्दा पहिलो खेल गुमाएर पनि उत्कृष्ट कमब्याक गर्दै एकदिवसीय सिरिज जित्न सफल भएका खेलाडीहरुको मनोबल उच्च हुनु स्वभाविक छ । नेपाली खेलाडीहरु एकदिवसीय खेल देखी नै लयमा देखीएका छन् । कप्तान पारस खडका राम्राे लयमा अलराउण्ड प्रदर्शन गरिरहेका छन् । सन्दिप लामिछाने टी-२० मा विभिन्न देशकाे  फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रदर्शन गरेर आएका छन् ।

साथै नेपालले पछिल्लो समय एकपछि अर्को टी–२० फ्रेन्चाइज लिग खेलेका कारण लयमा छ । युवा खेलाडीहरु पनि टी–२० मै राम्रो प्रदर्शन गरेकै कारण टिममा परेका हुन् । ओपनिङमा उपकप्तान ज्ञानेन्द्र मल्लसँग विनोद भण्डारी र प्रदिप ऐरी मध्ये एक आउन सक्छन् । दुबै टी–२० मा विस्फोटक ब्याट्सम्यान मानिन्छन् ।

दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल मात्र होइन, टोलीका नयाँ सदस्यहरु सन्दीप जोरा र भीम सार्की पनि घरेलु लिगमा चलेका ब्याट्सम्यान हुन् ।

करण केसीलाई ‘पिन्च हिटर’को रुपमा प्रयोग गर्न सकिन्छ । उनी पछाडिका ओभरहरुमा आएर आक्रमक ब्याटिङ गर्ने गर्छन् । यद्यपि, उनको ब्याटिङमा धेरै भर पर्न सकिँदैन ।

 

प्रकाशित मिति: Jan 30, 2019

प्रतिक्रिया दिनुहोस्