Logo
२६ बैशाख २०८१, बुधबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्सा शिक्षा विधेयकमा संशोधनको बाटो खुल्यो, शीर्ष नेताहरुबीच भने छलफल कायमै

काठमाडौं : राष्ट्रिय सभामा टेबल भएसँगै चिकित्सा शिक्षा विधेकयमा संशोधनको बाटो खुलेको छ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले प्रतिनिधिसभाबाट पास भएको विधेयकलाई राष्ट्रियसभामा टेबल गरेका हुन् ।

राष्ट्रिय सभामा विधेयक बहुमतले टेबल भएको छ । नेपाली कांग्रेसले विरोध गरेपनि विधेयक टेबल गरिएको हो । विधेयकमा कुनै पनि छलफले भएन । अब संशोधनका लागि भने बाटो खुलेको छ ।

नियमावली अनुसार ७२ घण्टासम्म संशोधन प्रस्ताव पेश गर्न पाइन्छ। यसैबीच, विधेयकलाई लिएर शीर्ष नेताहरुबीच पनि छलफल भइरहेको छ । आइतबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवाका बीचमा छलफल भएको थियो।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्