Logo
२४ बैशाख २०८१, सोमबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेफिल्ड वेनसडेलाई ३-० ले हराउँदै चेल्सी एफए कपको पाँचौ चरणमा

एजेन्सी : इङलिस प्रिमियर लिगको क्लब चेल्सी आइतबार राति च्याम्पियनसिपको क्लब सेफिल्ड वेनसडेलाई ३-० ले हराउँदै एफए कपको पाँचौ चरणमा स्थान बनाउँदा  टोटेनह्याम भने प्रतियोगिताबाट बाहिरिएको छ ।

बायर्न म्युनिखबाट सरूवा प्रस्ताब आएको २४ घन्टा बित्न नपाउदै कालुम हुड्सन ओडोइले चेल्सीको जितमा गोल गरे । १८ बर्षे हुड्सन ओडोइलाई बायर्न म्युनिखले ३  करोड ५० लाख पाउण्डको प्रस्ताव राखेको छ । उनले आन्द्रीयास क्रीष्टेनसेनको पासलाई नियन्त्रणमा लिदै ६४औं मिनेटमा गोल गरेका थिए । प्रशिक्षक माउरियो सारिले हुड्सन ओडोइलाई पहिलो रोजाईमा खेलाएको यो आठौं खेल हो ।

त्यसअघि  विलियानले २६औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिएका थिए । ८३ औं मिनेटमा विलियनले ओलिभर जिरौर्डको पासमा अर्को गोल थपेपछी चेल्सीलाई ३-० को सहज जित निकाल्न सफल भयो । जिरौर्ड चेल्सीबाट डेब्यू गरेका गोन्जालो हिग्विनको स्थानमा ८२औं मिनेटमा मैदान छिरेका थिए । चेल्सीमा विलियानको यो ५०औं गोल हो ।

प्रिमियर लिगको अर्को क्लब टोटेनह्याम भने एफए कपबाट बाहिरिएको छ ।  क्रिस्टल प्यालेससंग २-० ले पराजित हुँदै टोटेनह्याम एफए कपबाट बाहिरिएको हो ।

कोनोर विकह्यामको गोलमा नवौं मिनेटमा अग्रता लिएको क्रिस्टल प्यालेसले एन्ड्रोस टाउनसेन्डको गोलमा अग्रता दोब्बर बनाएको थियो । टाउनसेन्डले ३४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका हुन् ।

चार दिनको बिचमा टोटेनह्याम दोस्रो नकआउट प्रतियोगिताबाट बाहिरिएको हो । बिहीवार राति टोटेनह्याम चेल्सीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै काराबाओ कपबाट बाहिरिएको थियो ।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्