Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको दोस्रोपटक प्रधानमन्त्री हुने सपनामा झट्का, कुनै पार्टी वा गठबन्धनले बहुमत ल्याउने सम्भावना न्यून

मोदीको दोस्रोपटक प्रधानमन्त्री हुने सपनामा झट्का भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी केही महिनामा हुने लोकसभा निर्वाचनमा झट्का लाग्ने सम्भावना रहेको विभिन्न सर्वेक्षणले देखाएका छन् ।

इन्डिया टुडेले गरेको एक विशेष सर्वेक्षणमा मोदीको दल भारतीय जनता पार्टी भाजपालाई झड्का लाग्ने अवस्था सार्वजनिक भएको छ । आउँदो लोकसभा चुनावमा कुनै पनि पार्टी वा गठबन्धनले बहुमत ल्याउने सम्भावना नदेखिएको सर्वेक्षणले देखाएको छ । कांग्रेससहितका विपक्षी दलले गठबन्धन गरेपछि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित हुने मोदीको सपनामा ठेस लाग्ने सर्वेक्षणले देखाएका हुन् ।

सर्वेक्षण अनुसार सत्तारुढ एनडीए गठबन्धनलाई २३७ सिट, कांग्रेसको युपिए गठबन्धनलाई १६६ सिट र अन्य गठबन्धनले १४० सिटमा जित हात पार्ने सर्वेक्षणले सम्भावना देखाएका हुन् । यसअघि सत्तारुढ एनडीए गठबन्धनले ३६६, युपीए गठबन्धनले ६० र अन्यले १५३ स्थानमा जित हासिल गरेका थिए । सत्तारुढ गठबन्धनको लोकप्रीयता दिनप्रतिदिन कमजोर बन्दै गएको इन्डिया टुडेले जनाएको छ । अन्य सर्वेक्षणले पनि मोदी सरकारको कमजोर अवस्था सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्