Logo
२५ बैशाख २०८१, मंगलबार
(January 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले शुक्रवार पुनः संसद अवरुद्ध गर्ने, देउवाको अनुपस्थितिमा संवैधानिक नियुक्तिप्रति असहमति

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रवार पुनः प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने भएको छ । पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीहरुको नाममा रहेका अस्पताललाई केन्द्र मातहत नराखेको भन्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बिहिबार बसेको कांग्रेसको केन्द्रीय समितिले भोलिको प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने निर्णय लिएको नेता रामकृष्ण यादवले बताए।

सोही विषयमा यसअघि कांग्रेसले दुई पटक प्रतिनिधि सभा अवरुद्ध गरिसकेको छ भने एक पटक राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । ‘सरकारले निर्णय नसच्याएसम्म संसदमा हाम्रो अवरोध जारी रहनेछ,’ यादवले भने, ‘केन्द्रीय समिति बैठक जारी छ । अब माघ १३ गते पुनः बस्नेछ ।’

संसदमा सभामुखले धक्कामुक्की गराउने प्रयास गराएको आरोप लगाउँदै केन्द्रीय समिति बैठकमा छलफल भएको पनि उनले बताए ।

यसैगरी आजको केन्द्रीय समिति बैठकमा संवैधानिक आयोगका लागि एकलौटी नियुक्ति प्रक्रिया अगाडि बढाएकोमा विरोध जनाएको छ। यस विषयमा सरकारसँग छलफल गर्ने कुरा केन्द्रीय समितिमा उठेको यादवले बताए।

प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगका अध्यक्ष सिफारिश गरेको थियो ।

प्रकाशित मिति: Jan 24, 2019

प्रतिक्रिया दिनुहोस्