Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रवासी दिवसको कार्यक्रममा चौधरी : बिदेशमन्त्री स्वराज र RSS नेता इन्द्रेशकुमारसंग विषेश भेटघाट

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) की महासचिव एवं संघीय सांसद चंदा चौधरीले भारतीय बिदेशमन्त्री सुषमा स्वराजसंग भेटघाट गरेकी छन् । भारतको उत्तरप्रदेश स्थित बनारसीमा आयोजित पन्द्रहौ प्रवासी दिवसको कार्यक्रममा दुबैजनाको भेटघाट भएको हो ।

सांसद चौधरी र बिदेशमन्त्री स्वराजबीच नेपाल-भारत सम्बन्धबारे छलफल भएको छ । चौधरी अध्यक्ष रहेको संस्था नेपाल भारत महिला मैत्री समाजले गरिरहेको कामबारे मन्त्री स्वराजले गंभिरताका साथ आफ्नो जिज्ञासा राखेकी थिइन ।

भेटको क्रममा दुवैदेशको महिलाको समाजिक परिवेस र ग्रमिण महिलाको उथ्थानबारे समेत बिमर्स भएको छ । चौधरीका अनुसार मन्त्री स्वराजले नेपालको ग्रामिण भेगका महिलाको उथ्थानका लागि भारतको विषेश सहयोग रहने आस्वाशन समेत दिएकी छन् ।

भारतीय विदेश मन्त्रालयको आयोजनामा प्रवासी दिवस भइरहेको हो । विश्व स्तरीय कार्यक्रको आयोजना गर्दै ब्यवस्थित रुपमा भव्यताका साथ कार्यक्रम सफल भएकोमा सांसद चौधरीले मन्त्रि स्वराजलाई बिशेष बधाई समेत दिएकी छन् ।

त्यसैगरी राष्ट्रिय स्वंसेवक संघ (आरएसएस) का राष्ट्रिय कार्यकारणी सदस्य इन्द्रेश कुमारसंग पनि सांसद चौधरीको भेटघाट गरेकी छन् । भेटघाटको बेला दुवै देशको सामाजिक, राजनितिक एवं धार्मिक आयामहरुमा छलफल भएको चौधरीले बताइन् ।

प्रकाशित मिति: Jan 24, 2019

प्रतिक्रिया दिनुहोस्