Logo
२ जेष्ठ २०८१, बुधबार
(January 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लक्ष्मी बैंक र नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरबीच दुई पक्षीय सम्झौता

काठमाडौं : कृषि क्षेत्रमा वित्तीय पहुँचलाई सुदृढ बनाउने उद्देश्य सहित लक्ष्मी बैंक तथा नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापछि बैंकिङ च्यानल मार्फत् एग्रि-स्टार्ट अपहरु तथा एग्रि-एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गर्नेछ । नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टर कृषि व्यवसायको लागि सल्लाह तथा परामर्श सम्बन्धी सेवा प्रदान गर्दै आएको संस्था हो ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरका प्रतिनिधीबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौता अन्तर्गत सहयोगका प्रमुख क्षेत्रहरु सूचना तथा अनुभवको आदानप्रदान, नेटवर्कमा पहुँच, संयुक्त रुपमा परियोजनाको विकास लगायत समान उद्देश्यका अन्य क्षेत्रहरु रहेका छन् ।

प्रकाशित मिति: Jan 17, 2019

प्रतिक्रिया दिनुहोस्