Logo
१८ बैशाख २०८१, मंगलबार
(January 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री राईले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको यसरी बाँडे बजेट (सूचिसहित)

विराटनगर : प्रदेशनिर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगतआफ्नो निर्वाचन क्षेत्रमाप्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बजेट बाडफाँड गरेका छन् । पूर्वाधार विकास कार्यक्रमको २ करोड बजेट भोजपुर क्षेत्र नं २ प्रदेश सभा सदस्य समेत रहेका राईले बाडफाँड गरेका हुन ।

उनको निर्वाचन क्षेत्रमाआमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिका पर्दछन् । त्यस्तै ट्याम्के मैयुङगाउँपालिकाको साविकका लेखर्क, गोगने र कोटका चार वटा वडा पर्दछन् । त्यस्तै पौवादुङ्मा गाउँपालिकाको च्यांग्रे, सानोदुम्मा, ठूलोदुम्मा र वास्तिम गरेर चारवटा वडा पर्दछन् ।

भोजपुर नगरपालिकाको साविकका टक्सार आम्तेक र भोजपुर गाविसका वडाहरु प्रदेश निर्वाचन क्षेत्र २ मा पर्दछन् । मुख्यमन्त्री राईले निर्वाचन क्षेत्रमागएर कार्यक्रम छनौट, सञ्चालनतथाव्यवस्थापन समितिको बैठकबाट सर्वसम्मत ढंगले बजेट बाडफाँड गरेका हुन् ।

समितिमा सम्बन्धितनिर्वाचन क्षेत्रबाट निर्वाचित सांसद संयोजक, समानुपातिकप्रदेश सांसद सदस्य, जिल्ला समन्वय समितिकाप्रमुखउपप्रमुख, सम्बन्धितनिर्वाचन क्षेत्रकानगरपालिका, गाउँपालिकाप्रमुख सदस्य रहने व्यवस्था छ । त्यस्तै जिल्ला समन्वयअधिकारी सदस्य सचिव रहेन कार्यविधिमा व्यवस्था छ ।

बजेट बाडफाँड गर्दा पाँचलाखदेखि माथि १६ वटा योजनाभित्र रहेर गर्नुपर्ने प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ९संचालन० नियमावली, २०७५ मा उल्लेख छ । मुख्यमन्त्री राईले सडक, विद्युतविस्तार तथाभौतिकपूर्वाधारको क्षेत्रमा बजेट बाडफाँड गरेका हुन ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगत छनोट गरिएका योजनाहरु चाडै सम्झौता गरी प्रभाकारी ढंगले कार्यान्वयन गर्न मुख्यमन्त्री राईले सम्बन्धितपक्षलाई आग्रह गरेका छन् । योजनाहरुको माग धेरै भएकाले कार्यविधिको अधिनमा रहेर बजेट बाडफाँड गर्नुपरेको मुख्यमन्त्री राईको भनाई छ । छुटेका योजनाहरु आगामीकार्यक्रममा समावेश गरिने मुख्यमन्त्री राईले बताए ।

बजेट बाडफाँडकोे सूची हेर्नुहोस् :

  • हतुवागढी पेकलादितेनीलुङ्गीन हतुवागढी २ कावाखोला लघुजलविद्युतविस्तार २५ लाख
  • आम्चोक ३ थिदिंखाचुमाराङ्गथर्पुडाँडा माङ्गतेलाएखुवाखोला सडक १० लाख
  • पौवादुम्मा -मिरा राई सामुदायिकविकास केन्द्र भवननिर्माण २० लाख
  • आम्चोक-१० पांचाचिउरीभञ्ज्याङ्गधारापानी सडक मर्मत तथानिर्माण २२ लाख
  • रामप्रसाद राई वैकुण्ठे भुइदल घलेगाउँविद्युतविस्तार ७ लाख
  • भोजपुर नपा एयरपोर्ट जाने सडक मोडदेखि वुद्धविहार हुदै दारेगौडा जोडने सडक निर्माण १० लाख
  • भोजपुर न.पा.टक्सार पुरानो डवलीदेखि जुकेखोला सम्मको सडक स्तरोन्नति १० लाख
  • भोजपुर नपा किराँत राई यायोख्खाभोजपुर सभाहलतथामाङ्गखिमनिर्माण १० लाख
  • हतुवागढी हसनपुर जनसेवामावि कम्पाउण्ड वालनिर्माण/खेलमैदाननिर्माण १० लाख
  • भोजपुर नपाआम्तेक राङ्गभाङ्गगे जाल्पादेवीमन्दिर भवननिर्माण ५ लाख
  • रामप्रसाद राई गाउँपालिका-८ वासीखोरा भञ्ज्याङ्ग रक्सुवा सडक निर्माण ९ लाख
  • हतुवागढी सिन्द्राङ्गवालाङ्गखीम चेम्खावाराताङ्गदुम्रे सडक १० लाख
  • भोजपुर नपामहिलातथावालवालिकापीडित सेभहाउस निर्माण १५ लाख
  • भोजपुर नपा -७पुष्पश्रेष्ठको घरवाट जनसेवाहुदै शनिवारे हटिया जाने सडक निर्माण १० लाख
  • पौवादुम्मा दुुम्माली संग्राहलयभवननिर्माण च्याङ्गग्रे १५ लाख
  • टयाम्के मैयुङगा.पा. ७ कोट विद्युतविस्तार १० लाख
  • कार्यविधिअनुसारकोप्रशासनिकखर्च २ लाख

प्रकाशित मिति: Jan 14, 2019

प्रतिक्रिया दिनुहोस्