Logo
१२ श्रावण २०८१, शनिबार
(January 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैकल्पिक भनिएको अन्ततः विवेकशील साझा पार्टी पनि फुट्यो

काठमाडौं : युवा पुस्ताको तौर-तरिकाको राजनीतिक पार्टी विवेकशील साझा पार्टी फुटेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले आयोगमा उज्जल थापा संयोजक रहेको दल दर्ताका लागि निवेदन दर्ता भएको हो ।

विवेकशील साझा पार्टीका दुई सह-संयोजक मध्ये उज्जल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

वैकल्पिक पार्टीका रुपमा आफूलाई प्रचार गर्दै आएको विवेकशील साझाले गतबर्ष सम्पन्न संघीय र प्रदेश निर्वाचनमा सहभागिता जनाएपनि संघीय संसदमा भने एक सिट पनि जित्न सकेन । प्रदेश तीनको प्रदेश संसदमा भने उक्त पार्टीका तर्फबाट तीनजना सांसद छन् ।

१६ महिनाअघि उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो । थापा र मिश्र पार्टीका संयोजक बनेका थिए।

‘उहाँहरुले चालिस प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर छ भनेर हामीलाई जानकारी दिनुभएको छ’, प्रवक्ता खरेलले भने, ‘आयोगले अब निवेदन भेरिफाइ गर्न बाँकी छ।’

विवेकशील साझा पार्टीमा केही साता यता खटपट देखिएको थियो । रविन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अगाडि बढाएको, आफू निकटका व्यक्तिहरुलाई नियुक्ती गरेकोप्रति उज्जल थापा समूह असन्तुष्ट रहेको थियो ।

प्रकाशित मिति: Jan 11, 2019

प्रतिक्रिया दिनुहोस्