Logo
१९ बैशाख २०८१, बुधबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघ ५ गते ‘बलिदानी’ दिवसको सार्वजनिक विदा, प्रदेश लोकसेवा मार्फत आफ्नै कर्मचारी

जनकपुरधाम : प्रदेश लोकसेवा विधेयक स्वीकृत संगै प्रदेश सरकारले कर्मचारीको स्थायी पदपूर्तिको लागि प्रक्रिया थालेको छ । संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो गरिरहेको प्रदेश २ सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयकलाई स्वीकृत गरेको छ ।

मन्त्री परिषदको बिहीवार सम्पन्न बैठकले लोकसेवा विधेयकलाई स्वीकृत गर्दै प्रदेश सभामा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाएका छन् । यस्तै प्रदेश सरकारले माघ १ गते मकर संक्रान्ति (माघी) पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मधेश आन्दोलनका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने ‘बलिदानी’ दिवसको अवसरमा समेत सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । २०६३ साल माघ ५ गते मधेश विद्रोहको क्रममा सिरहाको लहानमा रमेश महतोले सहादत दिएको दिनलाई मधेशमा बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्