Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री राउतको सवारीका लागि रु. १ करोड ६२ लाखको गाडी खरिद

जनकपुरधाम : प्रदेश २ स्थित मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले मुख्यमन्त्री तथा सचिवहरुका लागि लागि चारवटा महङ्गगो गाडी खरिद गरेको छ । कार्यालयले मुख्यमन्त्री लालबाबु राउतको सवारीका लागि १ करोड ६२ लाख ५० हजार रुपैयाँ पर्ने टोयटा फर्चुनर गाडी खरिद गरेको हो ।

उक्त गाडी काठमाडौंको आईटड ट्रेडर्स ईन्डिकेटबाट खरिद गरिएको छ । यस्तै सोहि ट्रेडर्सबाट कार्यालयका मुख्यसचिवका लागि टोयटा कम्पनीकै ६१ लाख ९० हजार रुपैयाँमा टोयटा रस कार किनेको जनाएको छ ।

यस्तै मुख्यमन्त्री कार्यालयकै दुई अन्य सचिवका लागि काठमाडौंको थापाथलीको पाइनियर मो। कर्पोरेशनबाट दुईवटा प्रिमियम मेड ईन ईण्डिया गाडी २ थान १ करोड ७ लाख ९० हजार रुपैयाँमा खरिद गरेको कार्यालयले जनाएको छ ।

चारवटा गाडी किन्ने आर्थिक वर्ष २०७४।०७५ मै सम्झौता भएपनि गत असोज महिनामै चारवटै गाडी खरिद गरेर ल्याएको छ । कार्यालय अनुसार किनेका गाडीहरुको मूल्य भ्याट सहित रहेको छ ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्