Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दिप बने बिग बाश लिगमा सबैभन्दा धेरै विकेट लिने खेलाडी, राशिद छन् चौथो स्थानमा

काठमाडौं : बिग बाश लिगको आफ्नो तेस्रो खेलमा पनि सन्दिप लामिछाने बिग बाश लिगको यो सिजनमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । आजको खेलमा २ विकेट लिएसँगै सन्दिप ७ विकेटसहित शीर्ष स्थानमा उक्लििएका हुन् । अफगानिस्तानका अर्का सनसनी बलर राशिद खान यो सूचीमा चौथो स्थानमा छन् ।

आजको खेलमा पहिलो ओभरमा कसिलो बलिङ गरेर पनि विकेट लिन नसकेका सन्दिपले दोस्रो ओभरमा भने सफलता पाए । उनले दोस्रो ओभरको दोस्रो बलमा सिड्नी सिक्सर्सका मोइस हेनरिक्सलाई एलबीडब्लु आउट गरे । सन्दिपले पहिलो ओभरमा कुनै विकेट नलिए पनि कसिलो बलिङ गर्दै मात्रै ४ रन दिएका थिए । दोस्रो ओभरको दोस्रो बलमा भने उनले हेनरिक्सलाई आउट गरेका हुन् । यो ओभरमा पनि उनले ४ रन मात्र दिए ।

सन्दिपले लगत्तै आफ्नो तेस्रो ओभरको अन्तिम बलमा टम कुर्रानलाई एलबीडब्लु आउट गर्दै सन्दिप सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका हुन् । यो सूचीमा सिड्नी थण्डर्सका ड्यानियल साम्स ६ विकेटसहित दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा ६ विकेट लिएका पर्थ स्कोलार्सको जेसन केहरेन्डर्फ छन् । अफगानिस्तानका राशिद खान चौथो स्थानमा छन् । ५ विकेट लिएका राशिद एडिलेड स्ट्राइकर्सका तर्फबाट खेलिरहेका छन् ।

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्