Logo
२७ बैशाख २०८१, बिहीबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलबर्न स्टार्स सिड्नी सिक्सर्सविरुद्ध खेल्दै, आज पनि चम्केलान् सन्दीप ?

काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले अष्ट्रेलियाको बिग बास लिगमा आफ्नो तेस्रो खेलमा ब्याट फ्लिप जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको छ ।

सिड्नी क्रिकेट मैदानमा हुने खेलमा ब्याट फ्लिप हारेको सिड्नी सिक्सर्सले मेलबर्नविरुद्ध ब्याटिङ गर्ने भएको छ । पहिलो पटक बिग बास खेल्न लागेका सन्दीपले यसअघिका आफ्नो दुुई खेलमा विकेट लिँदै टिममा प्रभाव कायम गर्न सफल भएका छन् ।

उनले दुुई खेलमा बिग बासमा ५ विकेट लिइसकेका छन् । पहिलो खेलमा २ विकेट लिएका उनले दोस्रो खेलमा तीन विकेट लिएका थिए ।

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्