Logo
६ जेष्ठ २०८१, आईतबार
(December 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऐतिहासिक बाह्रविघा मैदान बन्यो कुरुप, न नगरपालिकालाई मतलब, न प्रदेश सरकारलाई फिकिर

जनकपुरधाम : ऐतिहासिक बाह्रविघा मैदान कुरुप बनेको छ । तर जनकपुर स्थित न नगरपालिकालाई मतलब छ न प्रदेश सरकारलाई कुनै फिकिर देखिन्छ ।  विवाहपञ्चमी सम्पन्न भएको एकसाता वित्दा समेत जनकपुरको एतिहासिक रंगभूमि मैदान बाह्रविघाको अझे सरसफाई हुन सकेको छैन । जसको कारण एतिहासिक रंगभूमि मैदान बाह्रविघा कुरुप बनेको हो ।

जनकपुरमा ठुल ठुला महोत्व, सभासम्मेलन देखि रामसीताको स्वायम्बर समेत हुने स्थान बाह्रविघा मैदान हो । गत मंसिर २६ गतेसम्मपन्न सिताराम विवाहपञ्चमी महोत्सवमा जन्तीको रुपमा आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको एतिहासिक बाह्रविघा मैदानमै जानकी मन्दिर र जनकपुर उपमहानगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको थियो ।

बाह्रविघा मैदानमै लाखौं श्रद्धालुभक्तजनको घँइचो लागेको थियो । तर एकसाता वित्दा समेत बाह्रविघामा प्लास्टिक , कागजको टुक्रा र दर्शनार्थीले गरेको दिशापिसव जस्ता फोहोर अझै सरसफाई नहुँदा कुरुप बनेको छ । जबकी सीताराम विवाहपञ्चमी महोत्सव र योगको स्वागतमा जानकी मन्दिर एवं विवाहपञ्चमी महोत्सव मुला समारोह समितिले अढाई करोड र प्रदेश २ सरकारले योगीको दिवाभोज र स्वागत सत्कारमा ५५ लाख गरी झण्डै ३ करोडभन्दा बढी खर्च गरेको थियो ।

बह्रविघा मैदान कुरुप भएको कारण त्यहाँ हिडडुल र उठबस गर्न समेत सर्वसाधारणलाई समस्या भएको छ । जनकपुरमा कुनै उत्सव अथवा अतिथि आउनुपूर्व बजेट सकाउन प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतदेखि मन्त्री, जनप्रतिनिधिहरु हप्तामा तीन।चार दिन झाडु लगाउँछन् । तर उत्सव समापन र पाहुनाको विदाईपछि फोहोर सरसफाईमा ध्यान नदिँदा यसको आलोचना हुँदै आएको छ ।

एकसाता वित्दा पनि बाह्रविघा मैदानको सरसफाई किन भएन प्रश्नको जवाफमा शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आजदेखि सरसफाई हुने प्रतिक्रिया दिनुभयो ।

प्रकाशित मिति: Dec 22, 2018

प्रतिक्रिया दिनुहोस्