Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज EPL फाइनल : उपाधिका लागि भैरहवा र ललितपुरबीच प्रतिस्पर्धा

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको फाइनल खेल आज (शनिबार) हुँदैछ । उपाधिका लागि भैरहवा ग्लाडियटर्स र ललिपुर प्याट्रियट्सबिच दिउँसो साढे १२ बजेपछि प्रतिस्पर्धा हुँदैछ ।

भैरहवा क्वालिफायर दुईमा काठमाडौँ किंग्स ११ लाई ६ विकेटले हराउँदै फाइनलमा पुगेको हो । यस्तै ललितपुरले क्वालिफायर एकमा काठमाडौँ ११ लाई नै एक विकेटले हराएको थियो ।

भैरहवा शरद भेषावकर तथा ललिपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । भैरहवाले प्रतियोगितामा अहिलेसम्म भएका सात खेलमा पाँच खेल जितेको छ भने दुई खेलमा हार बेहोरेको छ ।

६ खेल खेलेको ललितपुरले पाँचमा जित र एकमा हार बेहोरेको छ । दुवै टोली उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

प्रकाशित मिति: Dec 22, 2018

प्रतिक्रिया दिनुहोस्