Logo
२४ बैशाख २०८१, सोमबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलबस्तुकाे स्थानिय तहहरुमा कालोपट्टी बांधेर कामकाज ठप्प

कपिलबस्तु, पुस ४ : सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ को विरोध आज कपिलबस्तु जिल्लाको विभिन्न स्थानिय तहहरुमा कालोपट्टी बांधेर कामकाज ठप्प पारिएको छ ।

मंशीर २८ गते देखि नै चलिरहेको अधिराज्यव्यापी आन्दोलनमा आज पांचौं दिन जिल्लाको स्थानिय तह तथा जिल्ला समन्वय समितिमा कार्यरत अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकहरुले ग्रेड थप तथा स्तरवृद्धिका लागि आन्दोलित रहेका छन ।

बिहान १० बजेदेखि कालोपट्टी बांधेर दुई बजेसम्म सम्पुर्ण स्थानिय निकायको कामकाज ठप्प पारिएको कृष्णनगर ईकाइ समितिका संयोजक साकिर अहमद शाहले बताएका छन् ।

संघर्षरत कर्मचारीहरुको ईकाई समितिले सर्वोच्च अदालतको २०७४ पुस २१ गतेको फैसला आदेशको कार्यान्वयनको व्यवस्था गर्नुका साथै स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ८७ बमोजिम साविक स्थानिय निकायका कर्मचारीको स्थायित्व एवं सेवा निरन्तरताको व्यावस्था सोही अध्यादेशमा गर्ने जस्ता माग अघि सारेका छन । समितिले सारेको माग पूरा नगरे पुस ११ गतेदेखि थप कडा अन्दोलन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्