Logo
६ जेष्ठ २०८१, आईतबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डायरेक्टर जफरले सलमानको चलचित्र ‘भारत’ मा लगाए रोक

सलमान खान को चलचित्र ‘भारत’ पछिल्लो दिनमा चर्चा पाए सँगै शूटिंगको काममा डायरेक्टर अली अब्बास जफरले रोक लगाएका छन् ।

चलचित्रको दिल्ली र पञ्जाबको शूटिंग सकिएको छ । यसको सम्पादन कार्य पनि सुरु भइसकेको छ । तर अन्य क्षेत्रमा बाँकी रहेको शूटिंगको काममा डायरेक्टर अली अब्बास जफरले रोक लगाएका छन् । यसको कारण भने सलमान खान हुन् ।

डायरेक्टरले ट्विट गरेर भनेका छन्, ‘भारत को दिल्ली र पञ्जाब शेड्यूलको शूटिंग सकिएको छ । फिल्मको अन्तिम शेड्यूल अब न्यू ईयरमा शूट गरिनेछ । भाई (सलमान खान) को बर्थडे रहने महिनामा कसले काम गरिरहन्छ र ?’

साथै डायरेक्टर जफरले आफूहरु सम्पादनको काममा लागिरहेको पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्