Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनीयाँ फ्याक्ट्रीमा अनियन्त्रित भयो रोबर्ट, कर्मचारीको शरीरमै छिरायो स्टीलको रड

आधुनिक युगमा रोबर्टलाई मानिसकै दर्जा दिनुपर्ने कुराहरु उठिरहँदा छिमेकी मुलुक चीनमा भने आश्चर्यजनक तर दुखःद घटना घटेको छ । चीनीयाँ एक क्याक्ट्रीमा काम गर्ने रोबोट अनियन्त्रित भएर मानव कर्मचारीकै शरीरमा स्टीलको रड घोपेका छन् ।

रोबोटले उक्त मानव कर्मचारीको हात र छातीमा स्टीलको रड घोपेका हुन् । १ फिट भन्दा पनि ठुलो फलामे रड मानव कर्मचारीको शरीरमा घोपेपछि कर्मचारी भने मुर्छित भएका थिए भने उनी रगतले लतपत बनेका थिए । उपचार गर्न अस्पताल पुर्याएपछि चिकित्सक पनि हैरान भएका थिए ।

उक्त रडहरुको मोटाई डेढ़ सेंटीमिटर रहेको छ । अस्पतालमा चिकित्सकहरुले निकै कडा मिहिनेत गर्दै सर्जरीलाई सफल बनाएका छन् । अस्पतालका अनुसार अप्रेशनपछि उक्त घाइते कर्मचारीको अवस्था अहिले स्थिर रहेको छ ।

उक्त घाइते कर्मचारी दक्षिणी चीनको झूजौ प्रान्तमा चीनी माटोको भाडाकुडा बनाउने फ्यक्टरीमा कार्यरत रहेका छन् । उक्त घटना भने रातीको हो उनी नाइट शिफ्टमा काम गर्दै थिए ।

हेर्नुस् तस्विरहरु : 

 

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्