Logo
१६ बैशाख २०८१, आईतबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन् -‘अफवाह नफैलाऔं, सुरक्षाकर्मीले पत्रकालाई सलाम गर्ने हैन’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पत्रकारबारे अफवाह मात्रै फैलिएको भन्दै पत्रकार गिरफ्तारीको समर्थन गरेका छन् । उनले कसैको नाम उल्लेख नगरेतापनि युवराज घिमिरे सम्पादक रहेको देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहलाई बिहीबार फोटो खिचेकै कारण प्रहरीले पक्राउ गरेको घटनालाई अंकित गरेर लेखेको बझ्न सकिन्छ ।

घटनाका सम्बन्धमा पक्राउ गर्ने प्रहरीका डिएसपीले गल्ती भयो भनेर मौखिक रुपमा माफी मागे पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले भने घटनालाई अफवाहको रुपमा फैलाउन खोजिएको बताएका हुन् । प्रहरी प्रशासनले गल्ती स्वीकार गरे पनि कुनै समय आफू पनि पत्रकार रहेका अर्यालले भने घटना स्वीकार गर्नुको साटो उल्टै पत्रकारमाथि नै प्रश्न गर्ने खालको ट्वीट गरेका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘अफवाह नफैलाउँ । समय नै नलिइ राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाएरै छाड्ने ढिपी गर्नेलाई अरु देशमा के गरिन्छ ? कानुन बमोजिम तोकिएको निषेधित क्षेत्रमा खेलौना कार राखेर तस्बिर उतार्ने छवीकारलाई सुरक्षाकर्मीले सलाम गर्दैनन्, सोधखोज गर्न केहीबेर रोक्छन् ।’

फोटो पत्रकार बर्षा शाहलाई बिहीबार राष्ट्रपति कार्यालय अगाडिबाट फोटो खिचेकै कारण पक्राउ गरिएको थियो र उनीमाथि हातपात पनि भएको थियो । हिमाल साप्ताहिकका सम्पादक समेत रहेका अर्याल पत्रकारितामा लामो समय बिताएको भए पनि सरकारी संयन्त्रबाट पत्रकारमाथि भएको दुर्व्यवहार तथा ज्यादतिको विरोधमा उत्रनुको साटो त्यसको ढाकछोपमा लागेका हुन् ।

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्