Logo
२० बैशाख २०८१, बिहीबार
(December 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’को दुई पोस्टर सार्वजनिक

काठमाडौँ : नायक अनमोल केसीलाई फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको चलचित्र ‘क्याप्टेन’को फस्टलुक रिलिज गरिएको छ । फागुण १७ गतेबाट रिलिज हुने चलचित्रको फस्टलुकमा नायक अनमोल केसी फुटबल बोकेर उभिएका छन् ।

यस्तै, चलचित्रको दोश्रो पोष्टरमा उनको साथमा कलाकारद्धय सुनिल थापा र प्रशान्त ताम्राकार देखिएका छन् । यो चलचित्रको पहिलो गीत बिहिबार सार्वजनिक हुँदैछ । गीत रिलिज अगाडि चलचित्रको फस्टलुक रिलिज गरिएको हो ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले एउटा यूवकको फुटबल संघर्षको कथालाई उठान गरेको छ । चलचित्रका निर्माता भूवन केसीले भीएफएक्समा समय लागेकाले पनि चलचित्र रिलिजमा केही समय ढिला भएको बताए ।

प्रकाशित मिति: Dec 10, 2018

प्रतिक्रिया दिनुहोस्