Logo
५ जेष्ठ २०८१, शनिबार
(December 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट’ चालक अनुमतिपत्र, कर्मचारीसँग नै छैन दिने जवाफ

ललितपुर : सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका २ लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् ।

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उत्तिर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म पाँच लाख ५७ हजार ७०० थियो । यो सङ्ख्या कार्यालयले चार वर्ष पहिले स्मार्ट चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्मको हो ।

कार्यालयबाट लिइएको लिखित, ‘ट्रायल’ पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र नपाएका हुन् । उक्त कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् भने २ लाख ३ हजारका लागि भने छाप्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

एक वर्षभन्दा पहिले परीक्षा पास गरेका सेवाग्राहीले समेत अनुमतिपत्र पाएका छैैनन् । उनीहरुले राजश्व तिरेको कागज देखाएरै सवारीसाधन चलाइरहेका छन् । त्यस्तो कागज बलियो नहुने पानीमा भिज्ने पछि अक्षर अक्षर घोटिएर जाने भएकाले हैरान भएको भक्तपुरका विराज नेपालले बताए । अक्षर मेटिएर दुई पटक फेरीसकेको उनले बताए । अझै कति समय लाग्ने थाहा नभएर अहिले चहिँ लेमिनेशन नै गरेर राखेको छु ।

स्मार्ट प्रमाणपत्र छाप्ने उपकरणको क्षमता कम भएकाले २ लाखभन्दा बढी सेवाग्राहीले चालक अनुमतिपत्र नपाएका हुन् । कार्यालयमा धेरै खालका गुनासो लिएर सेवाग्राही आउने गर्छन् । तीमध्ये सबैभन्दा बढी सवारी चालक अनुमतिपत्रमा भइरहेको ढिलाइसँग सम्बन्धित छ । उनले बताए ।

“एक दिनमा धेरै जना मेरो लाइसेन्स बन्यो कि बनेन र कहिले आउँछ भन्दै सोध्न आउँछन् ।” घरबाट निस्कँदा नै गाली खानका लागि तयार भएर निस्कनुपरेको पौडेलले बताए । कार्यालयमा आउने सेवाग्रही धेरै खालको गुनासो लिएर आउने गरेका छन् । त्यसमा सबैभन्दा बढी चालक प्रमाणपत्रका लागि भइरहेको ढिलाइसँग सम्बन्धित हुन्छ, उनले बताए ।

“दैनिक २० जना जति मेरो लाइसेन्स कहिले आउँछ भन्दै आउँछन, हामीसँग दिने जवाफ हुँदैन ।” दश महिनाअघि चालक अनुमतिपत्र परीक्षा पास गर्नुभएकी ठेचोकी रञ्जना महर्जन चार पटकसम्म चालक अनुमतिपत्र बने नबनेको बुझ्न कार्यालय आइसकेकी छिन् । हरेक पटक आउँदा उनले अनुमतिपत्र कहिले आउँछ भन्ने प्रश्नको जवाफ नै पाएकी छैन ।

महर्जनले कार्यालयबाट बिदा लिएर हतारिएर चालक अनुमतिपत्र बनाएका थिए । त्यतिको हतार गरेर पास गरे पनि उनले अझैसम्म चालक अनुमतिपत्र पाउनुभएको छैन । चालक अनुमतिपत्रमा भएको चिप ९धातुको टुक्रा० उप्कने, वेवसाइड नखुल्ने, ढड्डा र कम्प्युटरमा फरकफरक विवरण हुनेलगायतका समस्या लिएर दैनिक सयौँ सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Dec 7, 2018

प्रतिक्रिया दिनुहोस्