Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहकाे साढे ३८ अर्ब वाणिज्य बैंकको खातामा

काठमाडौं  : वाणिज्य बैंकहरूको मागअनुसार सरकारले स्थानीय तहको बजेटको ५० प्रतिशत वाणिज्य बैंकहरुमा पठाएको छ ।
सोमबार आर्थिक कार्यविधि संशोधन गर्दै स्थानीय तहसँग रहेको रकममध्ये ५० प्रतिशत बैंकमा जम्मा हुनेगरि कार्यविधि संशोधन भएको छ ।

हालै साझसम्म बसेको अर्थमन्त्रालयका अधिकारीसहित मातहतका कार्यालय महालेखा नियन्त्रक कार्यालय र राष्ट्रबैंक र बैंकर्सहरू बिचको छलफलले सहमति जुटाएको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

यस्तो व्यवस्थासँगै वाणिज्य बैंकको खातामा साढे ३८ अर्ब रकम जम्मा पाएको छ । जसले औषत ७९ प्रतिशत पुगेको कर्जा–पुँजी–निक्षेप अनुपात सिसिडी रेसियो कम भएको छ ।

स्थानीय तहहरुले खोलेको वाणिज्य बैंकमा सोमबारनै ३८ अर्ब ४६ करोड रुपैयाँ जम्मा गरिदिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यविधि संशोधन नगर्दा यसअघि स्थानीय तहको बैंक खातामा पैसा हालिदिने वित्तिकै भोलिपल्टै राष्ट्र बैंकको खातामा सारिहाल्ने ब्यवस्था थियो ।

यसरी सरकारी ढुकुटीमा पैसा बस्दा बैंकहरुमा लगानी योग्य पुँजीको अभाव भएको थियो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ७५३ वटा स्थानीय तहमध्ये ६७७ स्थानीय तहमा बैंक पुगेका छन् ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्