Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पप्पु कन्स्ट्रक्सनलाई कालोसुचीमा नराख्न उच्च अदालतको आदेश

काठमाडौं : पप्पु कन्स्ट्रक्सनलाई कालोसुचीमा नराख्न उच्च अदालत चुलसीपुरको नेपालगन्ज ईजलासले आदेश दिएको छ ।

अदालतले धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ ।
ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो ।

नेपालगन्ज ईजलासका न्यायाधी विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त ईजलासले गत बुधबार उक्त आदेश दिएको हो ।

पप्पु कन्स्ट्रक्सनका सुनित रौनियारले उच्च अदालतमा रिट दायर गरेका थिए ।

उनले सिक्टा सिँचाई आयोजनाले कम्पनीलाई कालोसुचीमा राखेर बैंक धरौटी झिक्न खाजेको दाबीसहित सिक्टा र त्यहाँका अधिकारीलाई निपक्षी बनाएका थिए ।

http://45.77.46.207/2018/12/67845/

 

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्