Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिसालको राजिनामापछि एनआईसी एशिया बैंकको सिईओमा रोशनकुमार न्यौपाने नियुक्त

काठमाडौं : एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन। बैंकको ३७९औं सञ्चालक समितिको बैठकले कामु प्रमुख कार्यकारी अधिकृत रहेका न्योपानेलाई प्रमुखमा नियुक्त गरको हो।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा पछि न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपालबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेको बैंकले जनाएको छ।

नववियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले आगामी दिनमा बैंकका ग्राहकलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गर्ने दाबी गरेन छन।बैंकले २६८ शाखा, २८१ एटीएम तथा बिभिन्न बैंकिङ्ग इकाईबाट सेवा प्रदान गर्दैआएको छ।

प्रकाशित मिति: Dec 3, 2018

प्रतिक्रिया दिनुहोस्