Logo
१७ बैशाख २०८१, सोमबार
(December 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुक विखण्डन गर्न खोजेको अभियोगमा मुद्दा खेपिरहेका डा. राउत आज पनि हेर्दाहेर्दैमा

काठमाडौं : मुलुक विखण्डन गर्न खोजेको अभियोगमा राज्य विप्लवको मुद्दा खेपिरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतको मुद्दामा आज पनि हेर्दाहेर्दामै समय सकिएको छ ।

राज्य विप्लवकै मुद्दामा डा. राउतले कैयौंपटक सफाइ पाइसकेका छन् भने पटकपटक प्रहरीले सोही मुद्दामा पक्राउ गर्दै आइरहेको छ ।आइतबारको मुद्दामा पनि सरकारी वकिलहरुले हेर्दाहेर्दैमा राखेकोले कुनै फैसला हुन नसकेको स्रोतले बताएको छ ।

डा. राउतको पक्षमा वकालत गर्ने अधिवक्ता डा. सुरेन्द्र भण्डारीका अनुसार भोली सोमबार सम्भवतः केही फैसला हुनेछ । राज्य विप्लवकै मुद्दामा गत असोज २१ गते रौतहटस्थित जिल्ला अदालतमा तारिख लिन जाँदा प्रहरीले सोही मुद्दामा पक्राउ गरेको थियो ।

डा. राउतका दाजु जयकान्त राउतले कार्तिक १३ गते बन्दी प्रत्यक्षीकरणको मुद्दा सर्वोच्च अदालतमा दायर गराएका थिए । सोही अनुसार डा. राउतलाई सर्वोच्चमा उपस्थित गराइएको हो । अहिलेसम्म डा. राउतलाई ६ पटक तारिख दिँइदै आएको छ । फेरि सोमबार पनि बहस हुनेछ ।

प्रकाशित मिति: Dec 2, 2018

प्रतिक्रिया दिनुहोस्