Logo
१७ बैशाख २०८१, सोमबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१७ वर्षपछि काठमाण्डौमा उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम, दर्शक मन्त्रमुग्ध !

काठमाण्डौं : विश्व विख्यात तबला संगीतज्ञ पद्म भूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं स्थित भारतीय दूतावासको आयोजनामा मंगलवार सम्पन्न उक्त कार्यक्रममा सूर्य नेपाल, नेपाल एसबीआई बैंक, जेट एयरवेज र रेडिसन होटेलले समेत सहकार्य गरेको थियो ।

कार्यक्रममा राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत विभिन्न पेशका झण्डै एक हजार भन्दा बढी व्यक्तिहरुले सो कार्यक्रको आनन्द लिएका थिए । कार्यक्रममा तबला उस्ताद जाकिर हुसेनको साथमा आनन्द कृष्णन् (मृदंगम्), साबिर खान (सारंगी), नविन शर्मा (ढोलक) तथा मुजीब ददरकर (साउण्ड इन्जिनियर) थिए ।

उस्ताद जाकिर हुसेन सांगीतिक क्षेत्रका विश्व प्रसिद्ध व्यक्तित्व हुन् । उनको सांगीतिक समूहले यस सांगीतिक प्रस्तुतिलाई साँच्चै नै अविस्मरणीय बनाएको छ । उनले आधुनिक तथा शास्त्रीय तबला बादन मार्फत समस्त दर्शकलाई मन्त्रमुग्ध बनाए भने र उनको यो प्रस्तुतिलाई काठमाडौँले निकै लामो समयसम्म स्मरण दिलाईरहने सहभागीहरुको प्रतिकृया रहेको थियो ।

भारत–नेपाल कूटनीतिक सम्बन्धको ७० वर्षको रौनका तथा दुवै देशको साझा सांगीतिक पारिस्परिक सम्बनधलाई थप मजबुत बनाउन उस्ताद जाकिर हुसेनसँगको सांगीतिक कार्यक्रम आयोजना गरिएको कार्यक्रमको सुरुवात गर्दै राजदूत मन्जिवसिंह पुरीले बताए । हुसेनको यो सांगीतिक कार्यक्रम १७ वर्षको लामो अन्तराल पछि काठमाण्डौमा आयोजना गरिएको हो ।

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्