Logo
१७ बैशाख २०८१, सोमबार
(November 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौलाना आजाद दिवसको अवसरमा भारतीय दूतावासको विशेष कार्यक्रम (फोटोफिचर)

काठमाडौँ : भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) तथा मौलाना आजाद दिवस काठमाडौको होटल हयातमा मनाइएको छ । काठमाडौँस्थित भारतीय दूतावासको आयोजनामा सो दिवस भव्य रुपमा मनाइएको हो ।

कार्यक्रमलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले विशेष सम्बोधन गरेका थिए । नेपालको विकासमा भारतले खेलेको भुमिका सराहनिय रहेको बताउँदै उनले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राखे ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी तथा कर्मचारीहरुलाई भारतका प्रमुख संस्थाहरुमार्फत प्रशिक्षण प्रदान गरेर आइटेक कार्यक्रमले नेपालमा मानवस्रोत विकासको प्रवर्धनमा उल्लेख्य भूमिका निर्वाह गरेको बताए ।

सो समारोहमा आइटेक कार्यक्रमका करिब १५० जना सहभागीहरुको उपस्थिति रहेको थियो । आफ्ना कर्मचारीहरुको प्रशिक्षण तथा मानवस्रोत विकासका लागि आइटेक कार्यक्रमको लाभ लिएका नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागहरुका वरिष्ठ सचिवहरु तथा अधिकारीहरुले पनि उक्त समारोहमा सहभागीता जनाएका थिए ।

आइटेक कार्यक्रम अन्तर्गत कम्प्यूटर, इन्जिनियरिंग, सूचना प्रविधि, पत्रकारिता, बैंकिंग, कानून निर्माण, उर्जा, रिमोट सेन्सिंग, मानवशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, व्यापार योजना तथा प्रवर्धन, लेखा तथा वाणिज्यलगायतका विद्याहरुमा प्रशिक्षण भारतले विशेष प्रशिक्षण दिने गरेको छ ।

नेपालका दर्जनौ जलस्रोत विज्ञहरु सिंचाई, जल व्यवस्थापन तथा जलस्रोत विकास विषयमा भारतका प्रतिष्ठित संस्थामा अध्ययन गरिरहेका छन् ।

आइटेक कार्यक्रम अन्तर्गतका अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन व्यावसायिक प्रशिक्षण कार्यक्रमहरुमा हाल सम्म १३५३ जना सहभागी भइसकेको जनाइएको छ ।

आइटेक दिवसको अवसरमा भारतको पहिलो शिक्षामन्त्रीको रुपमा indian Institutes of Technology  तथा University Grants Commission को स्थापनामा अग्रणी भुमिका निर्वाह गरेका भारत रत्न मौलाना अ्बदुल कलाम आजादको १३० औं जन्म जयन्ती पनि मनाइयो ।

यस अवसरमा स्वामी विवेकानन्द संस्कृतिक केन्द्र, काठमाडौँका विद्यार्थीले आकर्षक सांस्कृतिक प्रस्तुती पनि गरेका थिए । नेपालसहित विश्वका १६१ विकासशील मित्र राष्ट्रसँग बिकासबारे आफ्ना अनुभवहरु साझा गर्नका लागि भारत सरकारको पुर्ण अनुदानमा आइटेक कार्यक्रम सञ्चालन गरिएदै आएको छ ।

 

प्रकाशित मिति: Nov 23, 2018

प्रतिक्रिया दिनुहोस्