Logo
२४ बैशाख २०८१, सोमबार
(November 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोइराला परिवारसँग मेरो विवाद छैन, कोइरालाबीचको एकताले पार्टीलाई सङ्गठित बनाउने छ : देउवा

विराटनगर : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेकोे पत्रकार सम्मेलनमा उहाँले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताउनुभयो ।

कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी सङ्गठन विस्तारमा सहयोग पुग्ने दाबी उहाँले गर्नुभयो । सभापति देउवाले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गर्नुभयो ।

उहाँले तोकिएको समयमा पार्टीको महासमिति बैठक हुने बताउँदै त्यसपछि काङ्ग्रेसभित्र देखिएको विवाद हटेर जाने दाबी गर्नुभयो । सभापति देउवाले पार्टीलाई सङ्गठित बनाउन आन्तरिक प्रशिक्षण आवश्यक रहेको बताउनुभयो ।

सभापति देउवाले काङ्ग्रेस प्रजातान्त्रिक विचार बोकेको पार्टी भएकाले पार्टीभित्रका आन्तरिक विवादलाई गुट-उपगुट भन्न नमिल्ने धारणा व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: Nov 20, 2018

प्रतिक्रिया दिनुहोस्