Logo
२५ बैशाख २०८१, मंगलबार
(October 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीमा नेपाली कांग्रेस आन्दोलित, शहिद घोषणा र शान्ति सुरक्षाको माग

सर्लाही : नेकपाका कार्यकर्ताको गोली लागेर मृत्यु भएका सर्लाही क्षेत्र नं ४ स्थित रामनगर गाउँपालिका -४ का रामविलास महतोको हत्याको विरोधमा नेपाली कांग्रेस आन्दोलित बनेको छ ।

रामनगर गाउँपालिका-४ मा कांग्रेसका तर्फबाट विजयी वडाध्यक्ष राम नरेश महतोका काका राम विलासलाई हत्या गरिएपछि कांग्रेसका उपसभापति विमलेन्द्र निधि, पार्टी प्रबक्ता विश्वप्रकाश शर्मा, प्रदेश सांसद विरेन्द्र सिंह लगायतको अगुवाइमा हत्याको विरोध स्वरुप प्रशासन कार्यालय घेराउ गर्न लागिएको हो ।

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतो खुट्टा भाचिदिएपछि सुरु भएको विवादका कारण नेकपाका कार्यकर्ताले गोली चलाएको आरोप कांग्रेसले लगाएको छ ।

कांग्रेसले मंगलबार साँझ विज्ञप्ती जारी गर्दै हत्या र झडपको भत्र्सना गर्दै मृतकलाई शहीद घोषणा गर्न, घाइतेहरुको निःशुल्क उपचार गर्न र घटनामा संलग्न अपराधीलाई कडा कारवाही गर्न माग गरेको छ ।

आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गरेको भन्दै कांग्रेसले मृतकलाई शहिद घोषणा र शान्ति सुरक्षाको माग गरेको छ । अघिल्लो दिन वडा अध्यक्षमाथि मरणासन्न हुनेगरी कुटपीट हुनु र भोलीपल्ट उनकै काकाको हत्या हुँदा समेत प्रहरी प्रशासनले पुरै बेवास्ता गरेको कांग्रेस नेताको आरोप छ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का संघीय संसद अमरेश सिंहले मृतकलाई सहिद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति र आक्रमणमा संलग्नलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडी नबढाएसम्म विरोध जारी राख्ने र सदरमुकाम समेत ठप्प पार्ने चेतावनी दिएका छन् ।

घटनामा प्रहरी प्रशासन गम्भीर नभएकाले जिल्ला प्रहरी र जिल्ला प्रशासन घेराउ गर्ने जनाए । उनले दोषिलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडी नबढाएसम्म आफन्तले शव समेत नबुझ्ने बताएका छन् ।

घटनामा एकै पक्षका ७ जना घाइते छन्। आक्रमणकारी समूहले स्थानीयको दर्जनौं घरहरुमा समेत ढुंगामुढा प्रहार गरी तोडफोड गरेका थिए । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले घटनामा संलग्न दोषिलाई यथाशिघ्र नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडी बढाईने बताएका छन्। त्यस्तै मृतकका परिवारलाई उचित क्षतिपूर्तिका लागि समेत प्रक्रिया अगाडी बढाउने उनले बताए ।

प्रकाशित मिति: Oct 31, 2018

प्रतिक्रिया दिनुहोस्