Logo
२५ बैशाख २०८१, मंगलबार
(October 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि नयाँ शक्तिको संघीय बैठक बस्ने

काठमाडौं : आजदेखि काठमाडौंमा नयाँ शक्ति पार्टीको १५ औँ संघीय बैठक  बस्ने भएको छ।

बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा दुईदिने बैठक बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ।

बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने उनले जानकारी दिए।

प्रकाशित मिति: Oct 31, 2018

प्रतिक्रिया दिनुहोस्