Logo
२५ बैशाख २०८१, मंगलबार
(October 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको स्वास्थ्यमा केही सुधार : “अघिल्ला दिनको तुलनामा राम्रोसँग कुरा गर्न सक्ने भएकाछन्”

काठमाडौँ : त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री ओलीका अर्का निजी चिकित्सक डा. दिव्या सिंह शाहले पनि स्वास्थ्यमा केही सुधार देखिएको बताएकी छन् । स्वास्थ्य अवस्था बारेको विस्तृत विवरण भने औपचारिक रुपमा नै जारी गर्ने उनले पनि बताएकी छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन उपचारमा संलग्न डाक्टरहरुले बिहान १० बजेपछि पत्रकार सम्मेलन गर्ने तयारी छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहानै त्रिवि अस्पतालमा भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीमा सोमबार भन्दा मंगलबार बिहान स्वास्थ्यमा सुधार भएको देखिएको उनका निजी चिकित्सक डा. दीलिप शर्माले बताएका छन् ।

ओली अहिले अघिल्ला दिनको तुलनामा राम्रोसँग कुरा गर्न सक्ने भएको डा. शर्माले जानकारी दिए । ओलीले सोमबार बेलुका र अहिले बिहान झोलिलो पदार्थ खाएका छन् ।

प्रकाशित मिति: Oct 30, 2018

प्रतिक्रिया दिनुहोस्