Logo
२५ बैशाख २०८१, मंगलबार
(October 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा रेल दुर्घटनामा परी छ जनाको मृत्यु

नयाँ दिल्ली : भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुदाँ त्यसमा सवार छ जनाको मृत्यु भएको छ ।
साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ ।

उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेका जानकारी दिइएको छ । सो दुर्घटना रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ । न्यु फरक्का एक्सप्रेस रेल सेवाको एक रेलका आठओटा डिब्बा रेलमार्गबाट बाहिर निस्किएपछि दुर्घटना भएको थियो । त्यसमा परी छ जनाको ज्यान गएको छ भने अरु ३० घाइते भएका छन् ।

उक्त रेल सेवाका अधिकारीहरुले रेल दुर्घटनाको कारण खोजी भइरहेको जानकारी दिएका छन् । उक्त रेल दुर्घटनापछि भएको क्षति र उद्धार कार्यका दृश्यहरु स्थानीय टेलिभिजनहरुले देखाएका छन् । उक्त रेल भारतको राजधानी नयाँ दिल्लीबाट पश्चिम बङ्गालको माल्दा शहरतर्फ जाँदै गरेको थियो । रेल सेवाका अधिकारीले उक्त रेलको दुर्घटनाको छानबिनको लागि एक समिति गठन गरिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति: Oct 10, 2018

प्रतिक्रिया दिनुहोस्