Logo
२३ बैशाख २०८१, आईतबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिनास रोग ले अन्धोपन पनि हुनसक्छ, पिनास के कारणले हुन्छ ? कसरी बच्ने ?

एजेन्सी : पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो । साइनोसाइटिस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु साइनसहरु सुन्निनुलाई पिनास भनिन्छ ।

यस्ता साइनसहरु चार प्रकारका हुन्छन् । फ्रन्टल साइनस (निधारमा), म्याक्जिलरी साइनस (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस (आँखाहरुको बीचमा), र स्फेनोइडल साइनस ( इथमोइडल साइनसको भित्रपट्टि) हुन् । यिनीहरुलाई समग्रमा पारानेजल साइनसेस पनि भनिन्छ ।

साइनसमा पातलो झिल्लीको तह हुन्छ । हामीलाई जब रूघा खोकी लागेर एलर्जी हुन्छ साइनसमा सिगान भरिन्छ र सुन्निन्छ । साइनसको निकास माध्यम अवरुद्ध हुँदा सिगान निस्कने बाटो बन्द भएर ब्याक्टेरिया एवं भाइरसको संक्रमणबाट पिनास हुन्छ ।

रुघाखोकी लाग्दा केही पनि नभएको भनी लापरबाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धुवाँ, धुलो, नाकमा हुने संक्रमण, विभिन्न एलर्जीहरू, नाकभित्रको हड्डी बांगिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका मुख्य कारण हुन् ।

पिनासको कारण : साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो । साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन् । कहिलेकाही नाकको भित्री भागमा मासु पलाउने पोलिप, ट्युमर आदिले पनि साइनसका मुखहरु बन्द गरी पिनास गराउनमा मुख्य भूमिका खेलिरहेको हुन्छ ।

चुरोटको धँुवाले वायु प्रदुषणको कारणले पनि पिनास हुनसक्छ । त्यस्तै रुघाको औषधीहरुको बढी प्रयोग गर्नाले पिनास हुन्छ। सुख्खा मौसममा हुने सुख्खा हावाका कारणले पनि नाक र साइनस भित्रको अर्धतरल पदार्थको मात्रा मक हुँदा पिनास देखापर्छ । पिनासलाई मुख्यगरी दुई प्रकारका हुन्छन् ।

भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा हुने पिनास १० दिनभन्दा कम समयसम्म रहने पिनास प्राय भाइरल संक्रमणका कारणले गर्दा हुने गर्छ । १० दिनभन्दा बढी यो समस्या रहेमा व्याक्टेरियाले पिनास गराउँछ । लगायतार १२ हप्तामा पनि निको नभए नाकभित्र मासु पलाएको पोलिपहरु अवस्थामा लामो समयसम्म रहने हुन्छ ।

लक्षणहरु : पिनास भएका व्यक्तिको नाकबाट गन्ध आउने र बाक्लो सिँगान बगिरहने समस्या हुन्छ । लगायतार नाक बन्द भइरहने समस्याले टाउको दुख्ने र भारी हुनुका साथै निधारको अघिल्लो भाग दुखिरहने गर्छ । नाकमा सिगान जमेर बन्द हुने भएकाले पिनासका रोगीमा सँुघ्ने शक्तिमा कमि आउँछ । कसैकसैमा विशेष गरी एक्युट पिनास भएमा ज्वरो आउने र जीउ दुख्ने समस्या देखा पर्छ ।

टाउको अगाडि झुकाउँदा टाउकोमा पीडा हुने र माथिल्लो भागका दाँतहरु दुख्ने गालातिर दुख्ने पिनासको मुख्य लक्षण हुन्। पिनास, भाइरल रुघा र एलर्जिक पिनास फरक फरक हुन् । भाइरल रुघा लाग्दा माथिल्लो श्वासप्रश्वास नलिको साधारण संक्रमण भएर सुनिन्छ।

एलर्जिक पिनास हुँदा नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हुन्छ । जुन प्राय गरेर मौसमको परिवर्तनसँगै देखिने गर्छ । नाक, श्वासप्रश्वासको नलि, साइनसहरु, घाँटीलगायत एकआपसमा जोडिएका हुनाले यी समस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ र प्राय लक्षण र रोगहरु संयुक्त रुपमा देखिन्छन् । साधारण रुघाबाट शुरु भएरपछि पिनास हुनसक्छ, र एकैपल्ट पनि देखिन सक्छ ।

पिनासको उपचार : पिनासका बिरामीले चिकित्सकसँग परामर्स लिएर घरेलु पद्धती अपनाउनु वा औषधी सेवन गर्नु बढी नै प्रभावकारी हुन्छ । पिनास प्राय गरेर लक्षणहरु र डाक्टरले गर्ने जाँचको आधारमा नै पत्ता लाग्छ । कहिलेकाँही विभिन्न प्रकारले टाउको दुख्ने रोगहरु क्लस्टर टाउको दुखाई, माइग्रेन, दाँतको समस्याहरु, आँखाको समस्याहरु आदिसँग यसका लक्षण मिल्ने खालका हुन्छन् । साथै क्रोनिक पिनासमा लामो समयसम्म ठिक नभएको भन्ने कारण थाहा पाउन जरुरी हुन्छ ।

पिनासलाई मेडिकल शब्दावलीमा ‘साईनो साईटोसिस’ भनिन्छ । साईनसमा संक्रमण हुनुलाई हामीले ‘साईनो साईटोसिस’ भन्छौं र त्यसैलाई बोलीचालीको भाषामा पिनास भनिन्छ ।

हाम्रो टाउकोको खप्परमा चार जोडा हावाका थैला हुन्छन् । त्यसलाई हामीले ‘एयर फिल्ड क्याभिटिज’ भन्छौं । ती थैलाहरूले हाम्रो टाउकोलाई सन्तुलित बनाउने, आवाजलाई स्वरुप दिने काम गरिरहेका हुन्छन् । ती चारवटै थैलाको मुख हाम्रो नाकनिर हुन्छ । जसलाई हामी ‘मिडिल मिएट्स’ भन्छौंं । त्यसमा तीनवटा चेम्बर हुन्छन् ।

तलको चेम्बरलाई इन्फेरियर मिएट्स, बीचकोलाई मिडिल मिएट्स र माथि पट्टिकोलाई सुपेरियरल मिएट्स भनेर चिनिन्छ । नाकको भित्रपट्टि भएको प्वालले भेन्टिलेसन गर्ने, त्यसले वाहिरी वातावरण र टाउकोभित्रको हावाको चाप पनि सन्तुलित गर्ने काम गर्छ । त्यसकै योगदानस्वरुप हामीले टाउको ठाडो बनाउनेदेखि आवाज निकाल्ने सम्मको काम गर्न सक्छौं । टाउकोबाट निस्कासन हुने पदार्थ पनि नाकको प्वालबाट बाहिर निस्कन्छ ।

नाकको भित्री भाग अर्थात् साईनसमा कुनै कारणले इन्फेक्सन भयो भने हामीले त्यसलाई साईनोसाईटिस वा पिनास भनेर बुझ्छौं । नाकमा संक्रमित भएमा त्यसले राम्रोसँग काम गर्न सक्दैन । त्यसमा पिप जम्मा हुन थाल्छ, नाकभित्रको प्वालबाट निस्कासन हुने फोहोर पदार्थ अवरुद्ध हुन्छ । बाहिरी वातावरण र टाउको भित्रको हावाको सन्तुलन हुन नपाएपछि टाउको दुख्ने हुन्छ ।

 

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्