Logo
५ जेष्ठ २०८१, शनिबार
(October 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड कपूर परिवारकी सबैभन्दा ज्येष्ठ सदस्य कृष्णा राज कपूरको निधन

भारतीय अभिनेता राज कपूरकी श्रीमती कृष्णा राज कपूरको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार बिहान चार बजेतिर निधन भएको परिवारका सदस्यलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कृष्णा धेरै वर्षदेखि श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिइन् । उनी कपूर परिवारकी सबैभन्दा ज्येष्ठ सदस्य थिइन् । कृष्णाका पाँच सन्तान ऋषि, शसि, रणधीर, राजीव, रीमा, रितु छन् । उनको सन् १९४६ मा राज कपूरसँग विवाह भएको थियो ।

उनी पछिल्लो समय पनि पारिवारिक तथा चलचित्रका प्रिमियरमा सहभागी हुने गरेकी थिइन् । राज कपूरको सन् १९८८ मा निधन भएको थियो । कृष्णाको निधनमा बलिउडका धेरै कलाकारले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Oct 1, 2018

प्रतिक्रिया दिनुहोस्