Logo
५ जेष्ठ २०८१, शनिबार
(September 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सियोन स्कुलकी सङ्गीताले जितिन् ‘बराह मिस प्लस २–२०१८’ को ताज 

तस्बिर सौजन्यः शिशिर राई

धरानः ‘बराह मिस प्लस २–२०१८’ को ताज सियोन स्कुलकी सङ्गीता श्रेष्ठले जितेकी छिन् । शनिबार राति बिग इभेन्ट नेपालद्वारा धरान–८ स्थित सभागृहमा आयोजित दोस्रो संस्करणको मिस प्लस २– २०१८ को ताज श्रेष्ठले जितेकी हुन् । २३ प्रतिस्पर्धीलाई जितेकी उनलाई मिस प्लस २– २०१७ की विजेता सिमरन तुलाधारले क्राउन लगाइदिइन् ।

श्रेष्ठले ‘कुजानु मिस भ्युअर्स च्वाइस’ र ‘मिस पर्सनालिटी’ अवार्ड पनि हात पारिन् । उपाधिसँगै श्रेष्ठले नगद ४५ हजार रुपैयाँसहित ज्योति लाइफ इन्स्योरेन्सबाट १५ लाख रुपैयाँबरारबरको ‘दुर्घटना बीमा’ प्राप्त गरिन् । प्रतियोगितामा एम्स एकेडेमीकी सोनु मगर फष्ट रनरअप बन्दा धरान आदर्शकी दीपिका गुरुङ सेकेण्ड रनरअप बनिन् । फष्ट रनरअप बनेकी मगरले ‘युनिक क्याम्पस मिस डायनेमिक’को टाइटल अवार्ड समेत हात पारिन् ।

उनीहरूले क्रमश नगद २५ हजार र १५ हजार रुपैयाँसहित ज्योति लाइफ इन्स्योरेन्सबाट १० लाख र ५ लाख रुपैयाँबराबरको दुर्घटना बीमा प्राप्त गरे । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारी सुवेदी, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष एवम् औजार दैनिकका प्रधानसम्पादक भीम ज्वाला राई र आयोजक संस्था बिग इभेन्ट नेपालका अध्यक्ष सन्तोष राईले पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको अन्तिम ५ मा पर्न सफल धरान उच्च माविकी सविना अधिकारी र एम्स एकेडेमीकी रञ्जु लिम्बूले पनि विजेताहरूसँगै धरानको युनिक क्याम्पसमा ३ महिना निःशुल्क आयल्स गर्ने अवसर पाए । रेडियो धरानमा निःशुल्क आर्जे तालीम लिने अवसर पनि पाएको इभेन्टका प्रचार संयोजक विकास चाम्लिङले बताए ।

प्रतियोगितामा विभिन्न विधाका १२ वटा टाइटल अवार्ड समेत वितरण गरिएको चाम्लिङले बताए । टप गोर्खा मिस स्माइल, सियोन मिस ट्यालेन्ट, रेड कार्पेट मिस डिस्पिलिन, बुढासुब्बा डेन्टल मिस फ्रेण्डसिप, एनआइसी एसिया मिस ब्युटीफूल, सोताङ बेष्ट ड्रेसलगायतका १२ वटा टाइटल अवार्ड वितरण गरियो ।

मिस नेपाल २०१७ की विजेता निकिता चण्दकसहित ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोरकुमार कार्की, प्रदेश पोर्टल डट कमका प्रधान सम्पादक राजेश विद्रोही र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक अस्पताल निर्देशक प्रा.डा पप्पु रिजाल प्रतियोगिताको निर्णायक रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी डिजे ललितले गरेका थिए ।

गत भदौ ५ गते धरानमा लिइएको अडिसनबाट प्रतियोगितामा धनकुटा, तेह्रथुम, मोरङ, सुनसरीलगायतका २४ जना प्रतियोगी बन्द प्रक्षिणको लागि छनोट भएका थिए । करिब १ महिनासम्म उनीहरूलाई उद्घोषण, पर्यटन, महिला हिंसालगायतका विषयमा प्रशिक्षण दिइएको थियो । हाइकिङमा पनि उनीहरूलाई सहभागी गराइएको आयोजकले जनाएको छ ।

कक्षा ११ र १२ मा अध्ययनरत छात्राको क्षमता तथा व्यक्तित्व विकास गर्न प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Sep 30, 2018

प्रतिक्रिया दिनुहोस्