Logo
२६ बैशाख २०८१, बुधबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक इन्भेष्टमेन्ट बैंक

काठमाडौँ : फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ ।

शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि रु १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित जर्सी लगाउनेछ ।

क्लबको सह–प्रायोजकको रुपमा पञ्चकन्या ग्रुप रहेको छ । सहमतिअनुसार पञ्चकन्याले सहप्रायोजकबापत क्लबलाई रु पाँच लाख उपलब्ध गराउने क्लबका अध्यक्ष राजीव पौडेलले जानकारी दिए । दुबै सम्भौता ‘ए’ डिभिजन लिगको अवधिभरका लागि कायम हुनेछ ।

यसअघि समेत बैंकले क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गर्दै आएको थियो । करीब चार चार वर्ष लिग रोकिएपछि दुबैको सहमतिमा सम्झौता स्थगित गरिएको थियो । रासस

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्