Logo
१८ बैशाख २०८१, मंगलबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैका लागि असोज १२ गते बैंकलाई नयाँ नोट

काठमाडौं : आगामी १२ गतेदेखि नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट बैंकहरुलाई वितरण गर्ने भएको छ । नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखिनै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

आगामी ११ वा १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने तयारी गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले अनलाइनखबरलाई बताए । सर्वसाधारणलाई भने कहिलेदेखि नयाँ नोट वितरण गर्ने भन्ने विषयमा निर्णय भइनसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्