Logo
२१ बैशाख २०८१, शुक्रबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समृद्ध मधेश निर्माणका लागि विश्वभर छरिएर रहेका मधेशीहरु संगठित

डा. बिनोद साह

काठमाडौं : विश्वभरी छरिएर रहेका मधेशी समुदायलाई एउटै छातामुनि ल्याउने ग्बोवल मधेशी एसोसिएसन गठन भएका छन् । अमेरिका बसोवास गर्ने विगत लामो समय देखि विभिन्न सामाजिक क्षेत्रका कार्यरत रहनु भएका चर्चित चिकित्सक डा. बिनोद साहको संयोजकत्वमा ग्लोबल मधेशी एसोसिएसन गठन भएको हो । हिजो एक प्रेस विज्ञप्ती जारी गर्दै विश्व भरी छरिएर रहेका नेपाली मधेशी समुदायको आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक हकहितको संरक्षण र सम्बद्र्धन, मधेशी समुदायबीच अन्तराष्ट्रिय सम्बन्ध विस्तार गर्न, सम्पूर्ण मधेशको आर्थिक सम्बृद्धिका लागि संस्था गठन गर्नु पर्ने आवश्यकता दाबी गरेका छन् ।

त्यस्तै मधेशको शिक्षा, स्वास्थ्य, रोजगार लगायतको क्षेत्रमा देखिएको विकराल समस्यालाई विभिन्न देशमा रहेर शिप आर्जन गर्नु भएका दिग्गज मधेशीहरुको अनुभवलाई सदुपयोग गर्दै मधेशी समुदायको जिवन स्तर उकास्नका लागि ग्लोबल मधेशी एसोसिएन गठन गरेका संस्थाका अध्यक्ष डा बिनोद साहले बताउनु भयो ।

ग्लोबल मधेशी एसोसिएसन गठन हुनुको प्रमुख उदेश्यहरुमा विश्वभरीको मधेशीलाई एउटै छातामा उभ्याउन, विश्वभरीका मधेशी समुदायबीच कार्यगत एकता गर्न, विश्वभरीका मधेशीबीच सामाजिक, आर्थिक, साँस्कृतिक सम्बन्ध विस्तार गर्न, विश्वभरी छरिएर रहेका मधेशी समुदायलाई सशक्तीकरण गर्न, विश्वभरी छरिएर रहेका मधेशी समुदायको शिप र ज्ञानलाई समुदपयोग गर्दै मधेश र मधेशीको उत्थान गर्न, विश्वभरी छरिएर रहेका मधेशी समुदायकोबीचमा मधेशको विकासको लागि सामुहिक लगानी गर्न लगायत रहेका छन् ।

हाललाई विभिन्न देशका प्रतिनिधिहरुमा राज (प्रमोद) सर्राफ (अमेरिका), सुरेन्द्र चौधरी (अमेरिका), डा.सुनिल साह (बेलायत), कृत शर्मा (बेलायत), प्रभावकर साह (अष्ट्रेलिया), रन्जित साह (अष्ट्रेलिया), अनन्त अनुराग (नेपाल), इ. विरेन्द्र साह (कतार), रुपेश यादव (कतार), हुसेन खान (कतार), नौमन सिद्धिकी (दुवई), अमित यादव (पोल्याण्ड), राजेश साह (बंगलादेश), गंगा मिश्रा (रसिया), शयाम सून्दर मंडल (कुवेत), डा. शिव शंकर साह (भारत), डा. रमित गुप्ता (चीन) रहेका छन् ।

संस्थाको सल्लाहकारमा डा श्री गोविन्द साह (भारत), डा त्रिभुवन चौधरी (अमेरिका) रहनु भएको छ । तस्तै संस्थाले विश्वभरी मधेसी बसोवास गरी रहेका देशहरुमा स्थानीय इकाई कमिटी गठन गर्ने योजना समेत रहेका छन् ।

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्